हिमपहिरोका कारण खुम्बु क्षेत्रमा बाढी आएको हुनसक्ने महाशाखाको अनुमान

काठमाडाैं | भदौ १, २०८१

हिमपहिरोका कारण खुम्बु क्षेत्रमा बाढी आएको हुनसक्ने महाशाखाको अनुमान

काठमाडौं:     जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित थामे खोलामा एक्कासी आएको बाढी हिमपहिरोका कारण हुनसक्ने अनुमान गरेको छ । 

    
बाढीबारे प्रारिम्भक जानकारी दिँदै महाशाखाले उक्त क्षेत्रमा साना र ठूला गरी छ वटा हिमताल÷हिमपोखरी रहेको उल्लेख गर्दै तीमध्ये कुनै एक विस्फोट भएको हुनसक्ने बताएको छ । 

    
“उक्त क्षेत्र नजिक रहेको फोत्र्से केन्द्रमा विगत सात दिनमा ६५ मिलिमिटर वर्षा मापन भएको, साउन २५ गतेदेखि दैनिक औसत तापक्रम क्रमशः बढेको (९ दशमलव ७ देखि ११ डिग्री सेल्सियस) र बिहीबार १५ दशमलव ९ डिग्री तापक्रप पुगेको थियो”, महाशाखाले भनेको छ, “निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको अनुमान गरिएको छ ।”

    
विभागको खोटाङस्थित दूधकोशी रवुवाबजार बाढी मापन केन्द्रमा जलसतह आज साँझ ५ः१० बजे चार दशमलव २९ मिटरबाट ३० मिनेटमा एक्कासी करिब एक दशमलव २० मिटर बढेर साँझ ५ः४० बजे पाँच दशमलव ५३ मिटर पुगेकामा सोपछि विस्तार घट्न थालेको महाशाखाको भनाइ छ ।

पोखरा:   २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट  गरेको छ ।  पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...

थप पढ्नुहोस्

काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्।  आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्।  स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...

थप पढ्नुहोस्

काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायण...

थप पढ्नुहोस्